सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारको सूची सार्वजनिक, कुन क्षेत्रमा को ? (नामसहित)

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका आधिकारिक उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ ।

कतिपय निर्वाचनमा विवाद देखिएपछि गठबन्धनले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको साझा नामावली सार्वजनिक गरेको हो ।

सर्लाही-२ मा गठबन्धनबाट महिन्द्रराय यादव र लोसपाका राजेन्द्र महत्तो उम्मेदवार छन् भने काठमाडौं निर्वाचन क्षेत्र १० मा कांग्रेसका राजन केसी र माओवादी केन्द्रकी अञ्जना विशंखे चुनावी मैदानमा उत्रिएका छन् ।

गठबन्धन भित्रका दलहरुबाटै उम्मेदवार बनेकाले ती क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने जनाइएको छ । केही स्थानमा देखिएका उम्मेदवारको विवाद छलफलबाटै टुंग्याउने गठबन्धनले जनाएको छ ।

शुक्रबार चारै दलका शीर्ष नेताहरूले प्रेस विज्ञप्ति जारी गर्दै विवाद देखिएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएका हुन् ।

केहि स्थानमा मित्रवत प्रतिस्पर्धा गर्नेसमेत बताएका छन् । गठबन्धनले निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई अपिल समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here