राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’: ‘स्वतन्त्र व्यक्ति राष्ट्रपति,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ ।

पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् ।

कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ ।

त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेन्डा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here