संस्कार,संस्कृतिको जागरण गर्न त्रि-दिवसीय साधनापरक वेदान्त दर्शन सत्संग

काठमाडौं । नेपालको देवभूमिको रूपमा परिचित भरतपुर-८ चितवनको गौरिगञ्ज स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा त्रि-दिवसीय साधनापरक वेदान्त दर्शन सत्संग कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

कार्तिक १७ गते देखी १९ गते सम्म चलेको कार्यक्रमको क्रममा उल्लेखिय रूपमा श्रद्धालु साधक भक्तजन एवं स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । अनन्तश्री विभूषित जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (महायोगी सिद्धबाबा) को प्रत्यक्ष उपस्थितीमा उक्त कार्यक्रम भएको हो ।

सिद्धबाबा हराउँदै गएको हाम्रो आदि वैदिक सनातनिय संस्कार,संस्कृतिलाई जागरण गरी नयाँ पुस्तामा भगवान नामको संस्कार जागृत गराइ पश्चिमि संस्कृतिले हावी भएको अहिलेको यस समाजलाई आफ्नो पूर्वीय दर्शनको परिचय गराइ पाशुपत सिद्ध महायोगको माध्यमबाट मानवमा देवत्व जगाइ जीवबाट शिव र नरबाट नारायण बनाउने अभियान लिएर साथै आफ्नै देशमा आयुर्वेद विश्वविद्यालयको स्थापना, स्वास्थ्य,शिक्षा,संस्कार,समृद्धि र शान्ति -‘पञ्च स’ को मुलमन्त्र लिई सु -संस्कारी नेपाल,स्व -रोजगारी नेपाल,हरित नेपाल, स्वच्छ नेपाल, स्वस्थ नेपालको अभियान काँधमा बोकेर हिडिरहेका व्यक्ति हुन् ।

उक्त कार्यक्रममा समाधिसिद्ध यगीराज जगद्गुरू महायोगी सिद्धबाबाले मानव शरीरको महत्व,जन्म,शरिरत्याग पश्चातको परलोकको अवस्था,भक्तिको महत्व,कुण्डलीनि शक्तिको उद्ववोधन एवं महत्व,मन, चित्त,बुद्धि, अहंकार,षडचक्र,शरिर विज्ञान,शरीरका पाँचै कोष तथा तीनै स्वरूप,जीवको उत्थान,सन्ध्या वन्दनको महत्व,इडा,पिङ्गला,सुसुम्ना,चित्रा र ब्रह्म नाडीको कार्य तथा कर्मकाण्ड आदि जस्ता अध्यात्म विज्ञानको सुक्ष्म स्वरूपलाइ वेदान्त दर्शनको माध्यमबाट वैज्ञानिक र व्यवहारिक प्रमाण सहितको सत्संग प्रस्तुत गरेका थिए ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भरतपुर चितवनले आयोजना गरेको उक्त कार्यक्रममा विशेष गरेर महायोग साधनाको ‘भित्र पसेर हेर,माथि उठेर सोच’ मन्ने विचारधारा अनुसार भक्तिको महत्व, ब्रह्म,जीव र मायाको भेदसहितको वेदान्त दर्शन एवं श्रीरामनामको महत्वबारे व्यख्या गरेका थिए ।

त्यस्तै विहङ्गम भक्तिको राजमार्ग रहेको आदिवैदिक सनातन धर्मको महत्व, श्रीसम्प्रदायको विशिष्टाद्वैत सिद्धान्तको प्रस्तुतिकरण तथा समाजमा व्याप्त धार्मिक कुरीति र कु-संस्कारहरूको पहिचान गराइ सत्शास्त्र माथिको वैज्ञानिकताला प्रमाण सहित प्रस्तुत गरेका थिए ।

लिङ्ग,वर्ण,जात-पात,उच-निच,धनि-गरिब आदि भेद रहित हरेक मानवमा देवत्व रहेको हुन्छ र उक्त देवत्वकै प्रभाव स्वरूप कर्म प्रधान मानव शरीरबाट उत्थान भइ महायोग साधनाको माध्यमबाट परमतत्व प्राप्त गर्दछ भन्ने उक्तीलाई सोही त्रि-दिवसिय कार्यक्रममा शास्त्रको मर्मलाई वैज्ञानिक तथा व्यावहारिक प्रमाण सहित दर्शाएका थिए ।

साथै मानव जीवनमा गुरूको महत्वलाई पनि विभिन्न शास्त्रका प्रमाणसहित दर्शाएका थिए । उक्त कार्यक्रमको क्रममा धार्मिक,वैद्धिक,राजनितीक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमकै क्रममा दोस्रो दिन सोही स्थानकै १५ कि.मी.टाढा रहेको हनुमान नगरमा स्थित श्रीराम मन्दिर समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीको रूपमा आथित्य ग्रहण पनि गर्नुका साथै उहाँका ति दिव्य वाणिहरूद्वारा सो स्थानका श्रद्धालु भक्तजनहरूको उपस्थितिलाई कृतकृत्य भएको थियो ।

साथै सो कार्यक्रमको दिव्यताको सत्प्रभाव स्वरूप आफ्नो मानव जीवनको महत्वलाइ हृदयाङ्गम गर्दै विभिन्न उमेर समूहका धेरै व्यक्तिहरूले साधना दीक्षा ग्रहण गर्दै वेदान्त कक्षामा समेत प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here