पाकिस्तानसँगको खेलमा टिकट मूल्य तोकियो, एक भाग्यमानीले विश्वकपको टिकट पाउने

काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि टिकटदर तोकिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको हो।

यस्तै भीभीआईपी टिकटतर्फ ८० वटा टिकट छुट्टायाइएको छ।

सो खेलको एक भाग्यमानी दर्शकले कतारमा हुने विश्वकपको ब्राजिल र क्यामरुनबीचको खेल हेर्न पाउने एन्फाले जनाएको हो । संघले खेलको टिकट बिक्रीको अधिकार फुटसल भिलेज प्रालिलाई दिएको छ।

यसका लागि एन्फाले मैत्रीपूर्ण खेलका लागि टिकट काटेर रंगशाला पुगेका दर्शकहरूबाट गोलाप्रथा गरी एकजना दर्शक छान्नेछ ।

पाकिस्तानको टोली कार्तिक २७ गते नेपाल आइपुग्नेछ। प्रतिबन्धपछि नेपालसँगको खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किन लागेको हो। पाकिस्तानले पछिल्लो पटक सन् २०१९ मा कम्बोडियासँग अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कार्तिक ३० गते दशरथ रंगशलामा साँझ ५ बजेपछि सुरु हुनेछ। पाकिस्तानसँगको खेलका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here