भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा पुगेको छ । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङले इंग्ल्याण्ड फाइनलमा पुगेको हो ।

इंग्ल्याण्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।

एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा एक सय ६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो। इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे ।

कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे । जस बटलरले विजयी छक्का हान्दै फाइनलमा स्थान पक्का गराए

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । उनी अन्तिम बलमा हिट विकेटको रुपमा आउट भएका थिए ।

विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टि२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर क्रिस वोक्सको दोस्रो ओभरको चौथो बलमा लोकेश राहुल ५ रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भए ।

एक्स्ट्रा बाउन्स बलमा राहुल क्याच हुन पुगेका थिए । इंग्ल्याण्ड क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे ।

क्रिस वोक्स र आदिल रसिदले समान १ विकेट लिए ।

सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनल प्रवेश गरेको हो । २०१६ को फाइनलमा भने इंग्ल्याण्ड वेष्ट इन्डिजसँग पराजित हँदै उपविजेता बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here