बालबालिकालाई लगाउने ‘एफआईपीभी खोप’ को नियमित तालिका परिवर्तन

काठमाडौं । बालबालिकालाई दिइने पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिवर्तन भएको छ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ कात्तिकमा मन्त्रिस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो।

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्षभित्रका बालबालिकालाई ८ साताको फरकमा खोप दिँदै आइएको थियो।

नयाँ तालिका अनुसार अब एक वर्ष भित्रका बालबालिकाहरुलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिईनेछ।

यस्तै छुट भएमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ४ महिना (१६ हप्ताको फरकमा) दुई मात्रा दिईनेछ।

मन्त्रालयले निर्णय गर्नु अघि विश्व स्वास्थ्य संगठनले नयाँ सुझाव र गत ३० भदौमा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसलाई आधार मानेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here