टी–२० विश्वकप फाइनल: पाकिस्तानले दियो इंग्ल्याण्डलाई १३८ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप २०२२ को फाइनल खेलमा पाकिस्तानले इंग्ल्याण्डलाइ १३८ रनको चुनौती दिएको छ ।

मेलवर्नमा इङल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको हो।

पाकिस्तानका लागि सान मसुद्दले सर्वाधिक ३८ रनको योगदान दिए। ओपनर तथा कप्तान बाबर अजाम ३२ र मोहम्मद रिजवान १५ रनमा पवेलियन फर्के। रिजवानले १४ बलमा १ छक्का प्रहार गर्दा साम कुरानको बलमा बोल्ड आउट भए।

तल्लोक्रमका ब्याटर इङल्याडका बलरसामु निहिर देखिए। पाकिस्तानले १७,१८ र १९ औ ओभरमा लगातार विकेट गुमाएको थियो।

इंग्ल्याण्डका लागि साम करनले चार ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए।

अदिल रासिद र क्रिस जोर्डनले दुई-दुई विकेट लिए भने बेन स्ट्रोक्सले एक विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here