टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई, पाकिस्तान पराजित

काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको जितेको छ । फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्डले दोस्रो पटक आईसीसी टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि सन् २०१० मा ट्रफी जितेको थियो ।

आइतबार मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। इङ्ल्यान्डका लागि बेन स्टोक्सले ४९ बलमा पाँच चौका र एक छक्कासहित ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले।

यस्तै जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन बनाए। १७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। मोइल अलीले १२ बलमा १९ रन बनाए।

फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए। यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो।

सान मसुदले ३८ रन बनाए । कप्तान बाबर आजमले ३२ रन थप्दा सदाब खानले २०, मोहम्मद रिजवानले १५ रन जोडे । पाकिस्तानका अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन् ।

इंग्ल्याण्डका साम कुरानले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चिए । आदिल रशिद र क्रिश जोर्डनले २ तथा बेन स्टोक्सले १ विकेट लिए ।

पाकिस्तानले यसअघि २००९ विश्वकपको उपाधि जितेको थियो । त्यसबाहेक विश्वकपमा दुवै टिमले समान एकपटक उपविजेतामा चित्त बुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here