एकदिवसीय श्रृङ्खलामा नेपाल र यूएईबीच खेल जारी

File

काठमाडौं । युएईविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको हो ।
नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा उत्रिएको हो ।

नेपाल क्रिकेट संघले यो श्रृंखलाबाट नेपालको कप्तानका रुपमा रोहित कुमार पौडेललाई नियुक्त गरेको छ । आधिकारिक कप्तानका रुपमा रोहितको यो पहिलो श्रृंखला समेत हो । खेल त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा भइरहेको छ ।

घरेलु दर्शक र वातावरणमा नेपालले आफु अनुकुल नतिजा निकाल्ने लक्ष्य लिएको छ । यूएई भने टी २० विश्वकप खेलेर फर्किएको हो । आज नेपालका लागि हरिशंकर शाह र अर्जुन साउदले डेब्यू गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here