यूएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक

काठमाडौं । नेपाल भ्रमणमा रहेको यूएईले २६४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौकासहित ५३ रनको अर्धशतकीय इनिङ खेले।

त्यसअघि पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै मुहम्मद वासिमले ४४ तथा वृत्या अरविन्दले ४० रनको योगदान गरेका थिए।

कप्तान सीपी रिजवान दुई रनमा आउट हुँदा अलिशान सारफुले २९ रन जोडे। अहमद राजा २७ रनमा नटआउट रहे।

नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here