एकदिवसीय सिरिजः नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक

photo:RONB

काठमाडौं । नेपाल भ्रमणमा रहेको यूएईले आफ्नो पहिलो एक दिवसीय खेल ८४ रनले जितेको छ ।

तीन एक दिवसीय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई फराकिलो रन अन्तरले पराजित गरेको हो । २६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि नाै विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्याे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतकीय पारी खेले पनि टाेलीलाई जित दिलाउन भने सकेनन् । दीपेन्द्रले ८४ बलमा ६ चाैकासहित ५४ रन बनाउँदा ५१ रनकाे पारी खेलेका अर्जुनले ७९ बलमा पाँच चाैका प्रहार गरे ।

अर्जुनकाे एकदिवसीय अन्तर्राष्ट्रियमा याे पहिलाे खेल हाे । गुल्सन झाले अविजित १९ र आसिफ शेखले १२ रन जाेडे । पहिलो एक दिवसीय खेलमा नेपालको तर्फबाट डेब्यू गरेका खेलाडी अर्जुन साउदले अर्धशतक बनाए ।

साउदले ७९ बल खेल्दै ५१ रन जोडेर बोल्ड आउट हुन पुगे । युएईका लागि आयन खानले चार, बसिल हामिदले दुई तथा राेहन मुस्ताफा, जाहुर खान र अहमद राजाले एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएकाे थियाे ।

यूएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले ७३ बलमा ७ चौका प्रहार गरे।

उत्कृष्ट सुरूआत गरेको युएईले पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र भित्या अर्बिन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए।

नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए। याे जितसँगै युएईले तीन खेलकाे सिरिजमा १-० काे अग्रता लिएकाे छ । दोस्रो खेल बुधबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here