तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १ हजार रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको हो । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार सोमबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १३ सय २५ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here