नेपाल-पाकिस्तान मैत्रीपूर्ण फुटबल: अञ्जनको गोलमा नेपाल विजयी

काठमाडौं । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपाल १- ० ले विजयी भएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन विष्टको एक गोलमा नेपाल विजयी भएको हो।

खेलको ८३ औं मिनेटमा गोल गरेका अञ्जनको गोल नै निर्णायक बनेको हो। जर्सी नै खोलेर खुशीयाली मनाएका अन्जनले पहेँलो कार्ड पनि पाए।अन्जनले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए।

अञ्जनले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका हरि खड्काको कीर्तिमानसँग बराबरी गरेका छन्। 

हरिले ११ गोल गरेका थिए भने आजको गोलसँगै अञ्जनले पनि नेपालका लागि गरेको गोल संख्या ११ नै पुर्‍याएका छन्।

आजको खेल रोहित चन्दले पहिलो पटक कप्तानी गरेका थिए। आज मिडफिल्डर आभास लामिछानेले राष्ट्रिय टिममा डेब्यू गरेका छन्।