नेपाल र यूएइबीच फाइनल ओडीआई जारी, नेपाल बलिङमा

काठमाडौं, २ मंसिर । नेपाल र यूएईबीच फाइनल ओडीआई शुरु भएको छ । नेपालले टस जितेर बलिङ रोजेको छ । यूएईसँगको तीन खेल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको यो अन्तिम खेल हो । त्रिवी क्रिकेट मैदानमा नेपालले यूएईसँग एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो ।

पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईमाथि ३ विकेटको जित हात पारेको थियो ।

आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ । नेपालका लागि आजको खेलमा करण केसी बेन्चमा छन् भने हरिशंकर शाहले तेस्रो खेलमा पुनः एक पटक मौका पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here