वान डे सिरिज जित्न नेपाललाई १७७ रनको लक्ष्य, आयान र हजरतको उत्कृष्ट साझेदारी

काठमाडौं । नेपालका बलरले उत्कृष्ट बलिङ गरेपछि यूएई विरूद्धको सिरिजको अन्तिम खेलमा नेपालले १७७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।

उसका लागि आयन खानले अविजित रहँदै ६३ सात चौका र एक छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । अलिशान शराफुले ३३, रोहन मुस्ताफाले २४, हजरत बिलालले अविजित २० र मोहम्मद वासिमले ११ रन जोडे ।

अन्तिम विकेटका लागि खान र बिलालले अविजित ८३ रनको साझेदारी गर्दै यूएईको पारी उकासेका थिए ।

नेपालका लागि कुशल भर्तेल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुई/दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक/एक विकेट लिँदा एक विकेट रनआउटको रूपमा प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here