काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं । काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। गौतमले १५१२९ मत प्राप्त गरेकी छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरिन्। 

गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा ९माओवादी केन्द्र० की उम्मेदवार ओनसरी घर्ती ९ हजार ४४७ मतसहित चौथो स्थानमा पुगेकी छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here