सिन्धुली-२ बाट नेकपा माओवादीले खाता खोल्यो

काठमाडौं, ७ मंसिर । नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ। सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन् ।

यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसदतर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

यस्तै सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशतर्फका दुबै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here