गोरखा–१ मा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंको फराकिलो अग्रता

काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ ।

३३ हजार ३२५ गणना हुँदा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले १९ हजार ३११ मतका साथ अग्रता लिएका हुन् ।

नेकपा एमालेका रामशरण बस्नेतले ९ हजार १६१ मत पाएका छन् । घण्टीले २३०१ मत ल्याएको छ । १५७६ मत बदर भएको छ ।

उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here