इरानसँग वेल्स पराजित, अन्तिम १६ मा पुग्ने सम्भावना न्यून

`
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको दोस्रो चरणको पहिलो खेलमा एसियाली टिम इरानले वेल्सलाई पराजित गरेको छ। खेलको अन्तिम समयमा सम्हालिन नसक्दा वेल्स पराजित भएको हो।

इरानका लागि खेलको ९०औँ मिनेटमा आर केसिमीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसको केही सेकेन्डपछि नै ९०औँ मिनेटमा नै राजियानले अर्को गोल थप्दै इरानको जित सुनिश्चित गराए।

समूह´बी´ अन्तर्गतकाे खेलमा वेल्सलाई २-० हराउँदै पहिलाे जित हात पारेकाे हाे । अहमद बिन अली स्टेडियममा इरानलाई जित दिलाउन रुजबेह चेश्मी र रामिन रेजाइयनले एक/एक गाेल गरे ।

यो जितसँगै इरानले दुई खेलबाट तीनअंक जोडेको छ। इरान पहिलो खेलमा बलियो टोलि इङगल्यान्डसँग ६-२ गोल अन्तरले पराजित भएको थियो।
नेपाल समय

पराजित भएको वेल्सले पहिलो खेलमा अमेरिकासंग बराबरी खेलेको थियो। ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्स यो पराजयसँगै अन्तिम १६ मा पुग्ने सम्भावना न्यून बनेको छ। वेल्सको तीन दुई खेलमा मात्र एक अंक रहेको छ।