देशभर प्रत्यक्षतर्फको मतगणना सकियो, दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

काठमाडौं । दोलखाको प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धन(माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की विजयी भएका छन्।

एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई झोनो मतान्तरले पराजित गर्दै कार्कीले जित निकालेका हुन्।

कार्की ३१८ मत अन्तरले निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार ९९५ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । दोलखामा ८५ हजार ६ सय मत खसेको थियो ।

यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्‍याएको छ ।

अहिले समानुपातिकको गणना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here