रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख, आर्थिक सहयोग ३३ लाख

काठमाडौं, २० मंसिर । काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगमा पेश गरेका २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।

उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन् ।

२०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए ।

चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ संकलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताएका छन् ।

उनले भनेका छन् -निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्नेछ।

रवीन्द्र मिश्रभन्दा कांग्रेसका नेता प्रकाशमान सिंहसँग एक सय २९ मतले पराजित भएका थिए । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै हराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here