समानुपातिक मतगणना अन्त्यतिर: समाजवादीलाई २.८३ प्रतिशत, कसले कति पाए ?

फाइलफोटो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ५ लाख ६० हजार ६७ मतगणना गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

मंगलबार दिउँसो३ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत कटाएको छ । समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत रहेको छ । समानुपातिकतर्फ अब बाजुरा र दोलखाका मत गणना जारी छन्।

एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ अर्थात २५.७१ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात ११.१३ प्रतिशत मत प्राप्त गरेको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात १०.७० प्रतिशत मत पाएको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ अर्थात ५.५८ प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ अर्थात ३.९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ अर्थात ३.७४ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ।

यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ अर्थात २.८३ प्रतिशत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ अर्थात २.५७ प्रतिशत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार ३६७ अर्थात १.६० प्रतिशत मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभामा १२ वटा राजनीतिक दल सहभागी हुन पाउने भएका छन्।

यीमध्ये ७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेस होल्ड कटाएका छैनन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन्। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने कानुनी व्यवस्था छ।

नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ। एकीकृत समाजवादीले अहिलेसम्म थ्रेसहोल्ड कटाउन हम्मेहम्मे देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here