समानुपातिकतर्फको सिट बाँडफाँट, संघ र प्रदेशमा कुन पार्टीले पाए कति सिट ?

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट सङ्ख्या सार्वजनिक गरेको छ । 

आयोगले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा (एमाले)ले ३४ सिट पाएको छ। दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सीट पाएको छ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले पाँच-पाँच सीट पाएको छ। प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी प्रतिनिधि सभामा २७५ सदस्य हुन्छन्।

त्यस्तै, आयोगले प्रदेशतर्फको सिट संख्या पनि तय गरेको छ। सातै प्रदेशमा एमालेले ७० र कांग्रेसले ६४ सिट पाएको छ। यसैगरी, माओवादीले २९, राप्रपाले १७, एकीकृत समाजवादी, जसपा र जनमतले ९-९ सीट पाएको छ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीले पाँच, लोकतान्त्रिक समाजवादीले तीन, नेपाल मजदूर किसान पार्टीले दुई, नेपाल संघीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले एक-एक सिट पाएको छ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेनन्। एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेन।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा चार सिट जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ सिट जितेका छन्। पाँचजना स्वतन्त्र सांसद विजयी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here