फिफा विश्वकप : क्वाटरफाइनलमा आज दुई हेबिवेट भिडन्त

काठमाडौं, २३ मंसिर । फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा आज दुई हेबिवेट खेलहरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच हुने छ । खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे कतारको एजुकेसन सिटी मैदानमा सुरु हुँदैछ ।

ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । क्रोएसियाले जापानलाई पेनाल्टीमा हराउँदै अगाडी बढेको थियो । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स आज राति पौने १ बजे कतारको लुसाइल मैदानमा खेल्दैछन् ।

अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराएको हो । नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोलले हराएर क्वाटरफाइनल आइपुगेको हो ।

कतारमा जारी विश्वकपमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । क्वाटरफाइनलमा भोली मोरक्को र पोर्चुगल तथा अन्तिम खेलमा फ्रान्स र इंग्ल्यान्ड भिड्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here