निर्वाचन आचारसंहिता सोमबारदेखि फुकुवा

काठमाडौं, २५ मंसिर । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता सोमबारदेखि हट्ने भएको छ । आयोगले मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो ।

आयोगले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराएको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here