मानव बेचबिखन नियन्त्रणमा माइती नेपाललाई सघाउँदै दोधारा चाँदनी नगरपालिका

पप्पु गुरुङ्ग

दोधारा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न माइती नेपाल कञ्चनपुरलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले सघाउँदै आएको छ् ।

यसै क्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयको सहयोग र माईती नेपाल कञ्चनपुरको अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठित संस्था सुरक्षित संजालको आयोजनामा आज एक दिने चेलिबेटी बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा संचालन भएको एक दिने चेलिबेटी बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यक्रमको उद्धघाटन सत्रमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडा सदस्य दिनेश थापा मगर, सिता बिष्ट, पार्वती सुनार, वडा नं. ७ का वडा सदस्य तथा दोधारा चाँदनी नगरपालिका न्यायपालिका सदस्य कमला उपाध्याय्, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापा, सुरक्षित संजाल दोधारा चाँदनीका कोषध्यक्ष लक्ष्मी चन्द लगाएत किशोरीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

‘हाम्रो आवाज चेलिबेटी वेचविखनबाट मुक्त समाज’ भन्ने नारा सहित संचालन झएको एक दिने चेलिबेटी बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यक्रममा किशोरीहरुलाई मानव वेचविखन विरुद्ध संवेदनशील एवं ससत्तीकरण गर्दै उनीहरु मार्फत समुदाय स्तरमा जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ वडा नं. ५ वडा कार्यालयको सहयोगमा एक दिने सचेतनामुलक कार्यक्रम संचालन गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जनाएका छन् ।

कार्यक्रम संचालन गर्न दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयले आर्थिकरुपमा माइती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठित सुरक्षित संजाललाई सहयोग गरेसंगै कार्यक्रमको आयोजना गरिएको संयोजक भट्टले बताएका छन् ।

‘वडामा रहेका किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चनाखो बनाउन वडाध्यक्ष केशव बहादुर खक्रीज्युले सुरक्षित संजाल दोधारा चाँदनीलाई यसै आर्थिक वर्षमा वडाबाट बिनियोजित गरिएको रकमले एक दिने चेलिबेटी बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यत्रम सम्पन्न गरेका हौं’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने– ‘दोधारा चाँदनी नगरपालिकाले बिगत लामो समय देखि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी माईती नेपाल कञ्चनपुरलाई सघाउदै आएको हो ।

’ मानव बेचविखन विरुद्ध क्रियशिल संस्था माइती नेपाल अन्तर्गत दोधारा चाँदनीमा गठन भएको सुरक्षित संजालको आयोजनामा सचेतनामुलक कार्यक्रममा किशोरीहरुलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरुले अवनाउने तौर तरिका, सम्पर्क स्थानहरु कानुनी व्यवस्था, बैदेशिक रोजगार, सुरक्षीत वसाईसराई, लिङ्ग र लैगिकता र मानव बेचविखन विरुद्ध किशोरीहरुको भुमिका लगाएतको वारेमा पूर्णरुपमा प्रशिक्षक माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापाले प्रशिक्षण फ्रदान गरेका थिए ।

किशोरीहरुद्धारा मानव बेचबिखन बिरुद्ध सक्रिय रहि कार्य गर्ने गरि व्यतीगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरु सहितको कार्य योजना समेत तयार पारेका छन् जस अन्तरगत व्यक्तिगत तवर बाट गर्न सकिने कार्यहरुमा आफु सचेत रहि परिवार र साथीहरु सवैलाई सचेतना फैलाउने शंकास्फद व्यक्तीहरु र जोखिममा रहेका व्यत्तिहरुको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायहरु संग समन्वय गर्ने सहभागीहरुले प्रतिबद्धता जाहेर समेत गरेका छन् ।

कार्यक्रमा सहभागी रोशनी सुनारले दोधारा चाँदनी नगरपालिका– ५ का वडा अध्यक्ष केशव खत्रीले वडामा रहेका किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्क्रणको लागी सचेत गर्न एक दिने सचेतनामुलक कार्यत्रम संचालन गर्न वडाबाट बजेट बिनियोजन गरेको भन्दै वडाध्यक्ष खत्रीलाई धन्यबाद दिएका छन् । ‘वडाध्यक्ष खत्रीज्युले माईती नेपाल कञ्चनपुर संग सहकार्य गरि चेलिबेटी बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यक्रम संचालन गर्नु भएकोमा धन्यबाद’ सहभागी रोशनी सुनारले भने– ‘आगामी दिनहरुमा पनि हामी किशोरीहरुलाई वडा कार्यालय र माइती नेपालले सहकार्य गरि मानव बेचबिखन रोक्न बिभिन्न कार्यक्रम संचालन गरिदिन अनुरोध छ् ।’

सहभागी कशिोरीहरुले आगामी दिनहरुमा वडामा किशोरीहरुलाई जागरुक गर्ने प्रकारका कार्यक्रम संचालन गरिदिन आग्रह गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले वडामा रहेका किशोरीहरुलाई मानव बेचबिखन सम्बन्धी सचेतना गर्न वडा कार्यालयबाट सहयोग गरेको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा रहेको हुदा किशोरीहरुलाई मानव बेचबिखनबाट सचेतना गर्न वडाबाट थोरै बजेट बिनियोजना गरिएको वडाध्यक्ष केशव खक्रीले बताएका छन् । कार्यत्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष खत्रीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माइती नेपालले मानव बेचबिखन रोक्न निकै उत्साहजनक कार्य गरेको बताउदै यस्तो जघन्य अपरोध रोक्न सबै एक जुट हुनु पर्ने बताएका छन् । वडाध्यक्ष केशव खत्री आफ्नो वडामा आफ्नो ब्यक्तीगत लगानीमा समेत बिभिन्न सामाजिक कार्य गर्दै आएको स्थानिय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here