दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ५ पुस । शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५७ कम्पनीको ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँ बराबरको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । सोमवार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

झिनो अंकले बढेको बजारमा तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला, धौंलागिरी र सिर्जनशिल लघुवित्त कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

त्यसैगरी, सीवाइसी नेपाल लघुवित्त ७.६२ प्रतिशतले बढेको छ । आजको कारोबारमा सनराइज ब्लुचिप्स फन्ड र गरिमा डिबेन्चरको मुल्यमा सर्वाधिक गिरावट आएको छ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल टेलिकम शेयर कारोबार भएको छ । यसको आज ६ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

सििभल बैंकको ४ करोड र हिमालय डिस्टिलरीको ३ करोड ८२ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here