धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना डोजर चलाएको छ ।

बुधवार महानगपालिकाको डोजर अनामनगरस्थित देवीनगरमा क्षेत्रका अवैध संरचना हटाउन पुगेको हो ।

महानगरले साउन १ गते सूचना जारी गर्दै यस क्षेत्रका सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो। महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here