नबिल बैंकका ५ शाखा स्थान्तरण हुँदै, कुन शाखा कहाँ सार्दै ?

काठमाडौं । नबिल बैंकले आफ्ना ५ वटा शाखाहरु स्थान्तरण गर्ने भएको छ । बैंकले पुस ११ गतेदेखि नयाँ ठाउँमा संचालन हुने गरी ५ वटा शाखा स्थान्तरण गर्ने भएको हो ।

बैंकले काठमाडौं उपत्यकाका ४ वटा र उपत्यका बाहिरको एक गरी ५ वटा शाखा स्थान्तरण गर्ने भएको हो ।

बैंकका अनुसार काठमाडौंको कागेश्वरी मनोहर ९ मा रहेकाे ‘काँडाघारी–२’ शाखा स्थान्तरण गरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ७ मा लैजाने भएको छ ।

त्यसैगरी, काठमाडौंको मैतिदेविमा रहेको शाखा नं. २ स्थान्तरण गरी नरेफाँटमा, धर्मपथमा रहेको भेडासिंहमा, ललितपुरको कुमारीपाटीमा रहेको शाखा चापागाउँमा स्थान्तरण गर्ने भएको हो ।

त्यस्तै, दाङको घोराहीमा रहेका शाखा स्थान्तरण गरी नारायणपुरमा लैजान लागेको हो ।

ती शाखाहरुमा लकरमा राखिएका आफ्ना सामानहरु पुस ७ गतेभित्रै निकाल्न बैंकले ग्राहकलाई अनुरोध गरेको छ । शाखा स्थान्तरण हुँदा सामान टुटफुट भएमा आफू जिम्मेवार नहुने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here