माया खोला हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्याद थप गरिएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभावासीका लागि मंसिर २३ गतेदेखि विक्रीमा ल्याएको आइपीओ भर्ने म्याद पुस २४ गतेसम्म थप गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवि नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का वासिन्दालाई ६ लाख कित्ता छुट्याइएको छ । बाँकी ४ लाख कित्तामा चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेख गरिएका बाहेकका वडाका बासिन्दाले आवेदन दिन पाउँछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रभु बैंक, नेपाल एसबीआइ बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here