यी हुन् नेपालमा सबैभन्दा धेरै आयात गरिएका १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना(साउन–मंसिर)सम्म नेपालमा सबैभन्दा धेरै ५५ अर्ब ४८ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

यसवापत सरकारले १८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । दोस्रोमा २८ अर्ब ५९ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।

पेट्रोल आयातबाट सरकारले १५ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । खाना पकाउने एलपीजी ग्याँस २३ अर्ब ७५ करोड रुपैयाँ बढीको आयात भएको छ ।

कच्चा सोयाविन तेल २० अर्ब ६८ करोड रुपैयाँ बराबरको आयात भएको छ । फलामजन्य कच्चापदार्थ, सुन चाँदी १५ अर्ब बढीको आयात भएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here