सरकारी सेवा सुविधा गरिब र बिपन्न परिवारलाई

दोधारा । दोधारा चाँदनी नगरपालिकाका एक वडाध्यक्षले आफुले पाउने सेवा सुविधा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव बहादुर खबीले आफुले सरकारबाट पाउने सेवा सुविधाले आफ्नो वडामा रहेका गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्दै आएका छन् ।

आर्थिक समस्याले बिद्यालय जाने नसकेका तथा एक छाक टार्न समस्या परेकाहरुलाई आफुलाई सरकारले दिदै आएका सेवा सुबिद्याको रकमबाट वडाध्यक्ष खत्रीले सहयोग गर्दै आएका छन् ।

निर्वाचनको बेला जनता संग गरेका बाँचालाई पुरा गर्न आफु कटिबद्ध रहेका वडाध्यक्ष खत्रीले नगरपालिकाले दिएको सवारी साधान समेत आफुले प्रयोग गरेका छैनन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ५ शिवनगर टोलका भागदेबी पन्तको घरपरिवारलाई आज खानेपानीको लागी एक थान हेण्डपाईप सेट वडाध्यक्ष केशव खत्रीले आफ्नो सेवा सुविधाको रकमबाट खरिद गरि हस्तान्तरण गरेका छन् ।

आर्थिक अवस्था दैनिय रहेको पन्तको घरमा खानेपानी हेण्डपम्प बिग्रीएको कारण छिमेकीको घरबाट खानेपानी प्रयोग गर्दै आएका थिए । घरमा आफु र आफ्नो छोरा रघुनाथ पन्त रहेको र आर्थिक अवस्था निकै दैनिय रहेको कारण खानेपानीको समस्या झेल्दै आएको भागदेबी पन्तले बताए ।

घरमा खानेपानीको निकै समस्या रहेको वडाध्यक्ष खत्रीलाई सुनाएपछि वडाध्यक्षले आफ्नो ब्यक्तीगत रकमबाट खरिद गरि दिएको भागदेबी पन्तले बताएका छन् । ‘हाम्रो परिवारमा खानेपानीको निकै समस्या थियो । हेण्डपम्प बिग्रिएर छिमेकीको हेण्डपम्पबाट पानी लिएर खानु पर्थ्यो ।

वडाध्यक्षले हाम्रो समस्या हल गरिदिनुभयो’ भागदेबी पन्तले भने– ‘घरमा खानेपानीको समस्या हल गरिदिनुभएकोमा वडाध्यक्ष खत्रीज्युलाई धेरै धेरै धन्यबाद ।’

वडाध्यक्षले आज बिहानै उनको घरमा गएर हेण्डपम्प हस्तान्तरण गरेका थिए । हेण्डपम्प हस्तान्तरण कार्यक्रममा तत्कालिन चाँदनी गाबिस वडा नं. ९ का वडाध्यक्ष वडाध्यक्ष मोहन सुनार, दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, सामाजिक परिचालक दिपेन्द्र ढकाल, स्थानिय कालु सिंह खड्का, देबु खड्का, गोबिन्द बल्लभ पन्त लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

सबैले वडाध्यक्षले गर्दै आएको कार्यको उच्च प्रशंसा गरेका थिए । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी– ५ का वडाध्यक्ष खत्रीले जनताको करबाट संकलन गरेको रकम जनताकै लागि खर्च गरेको बताए ।

आफुले वडाध्यक्षको पदभार ग्रहण गरे संगै आफुले पाउदै आएको सेवा सुबिद्याको रकमले विभिन्न सामाजिक कार्यमा नै खर्च गरेको उनले बताए । वडामा रहेको गरिब, जेहेन्दार विद्यार्थीका लागि शिक्षाको पहुच पुर्‍याउन, पैसा नभएर कापी, कलम, किताब किन्न नसक्ने कोही पनि पढाईबाट वञ्चित हुन नदिन आफुले ब्यक्तीगतरुपमा समेत सहयोग गर्दै आएको वडाध्यक्ष केशव खत्रीले बताएका छन् ।

यस अघि पनि वडाध्यक्ष खक्रीले ब्यत्तीगतरुपमा वडा रहेका एक दिर्घरोगीको घरमा हेण्डपम्प सहयोग गरेका वडा नं. ५ वडा कार्यालयले जनाएको छ् । वडामा आफ्नो ब्यक्तीगत रकम खर्चेर सामाजका रहेका गरिब तथा बिपन्न परिवारलाई गर्दै आएको वडाध्यक्षको सहयोगलाई स्थानियहरुले खुबै प्रशंसा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here