सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिँदै, नेतृत्वमा कांग्रेसको अडान कायमै

काठमाडौं । सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको दाबी पेश गर्न दिएको समय आज सकिँदैछ ।

राष्ट्रपति भण्डारीले यहिँ पुसको ३ गते दलहरुलाई नयाँ सरकार गठनको लागि बहुमतको दाबी गर्न एक हप्ताको समय दिएकी थिइन् । उनले दिएको समय आज आइतबार बेलुका ५ बजे सकिँदैछ ।

तर दलहरुले अहिलेसम्म बहुमत जुटाउन सकेका छैनन् । ८९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर अडान लिएको छ ।

तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आजसम्म आफूले साथ दिएकाले अब दाबी नगर्न आग्रह गर्दै आएका छन् । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मान्ने संकेत देखाएको छैन् । प्रधानमन्त्रीमा कुरा नमिल्दा गठबन्धन धरापमा परेको छ ।

माओवादी केन्द्रले पनि प्रधानमन्त्री नपाएमा एमालेसँग पनि मिल्न सक्ने भनेर एमालेसँग पनि छलफल गरिरहेको छ ।

सरकार गठनमा एमालेले भने रमिता हेरेर बसेको जस्तो देखिन्छ । एमालेले नत आफूले सरकारको दाबी गरेको छ नत अरुलाई सघाउने नै बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here