देउवा र प्रचण्डबीच ‘गोप्य’ वार्ता, अन्तिम प्रयासका लागि थपिए माधव नेपाल

काठमाडौं, १० पुस । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच‘गोप्य’ वार्ता सुरू भएको छ ।

उनीहरूको वार्तापछि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकअघि उनीहरूबीच ‘गोप्य’ वार्ता भइरहेको माओवादी केन्द्रका एक पदाधिकारी बताउँछन् । नयाँ सरकारको नेतृत्वका लागि यी दुवै नेताले पहल गरिरहेका छन् ।

उनले आजको वार्ता वार कि पार हुने बताउँछन् । ‘आजको वार कि पार हुन्छ,’ उनले भने, ‘तर प्रयास मिलेरै जाने भन्नेछ ।’

गठबन्धनका शीर्ष नेताको बैठकमा सरकार गठनसहित, राष्ट्रपति, सभामुखलगायत पदमा भागबन्डाका विषयमा समेत छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार गठनका लागि दाबी पेस गर्न आज बेलुकासम्मको समय दिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here