ट्राफिक जरिवाना : अब यी १६ गल्ती गर्नेले १५०० रुपैयाँसम्म तिर्नुपर्ने

फाइलफोटो

काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको अनुपात बढाएको छ ।

प्रहरीले यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई भएकाले चालकसँग असुल गर्ने जरिवानाको मात्रा कार्यान्वयनमा ल्याएको हो ।

जस अनुसार नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ ।

कसुरलाई क, ख, ग, घ, ङ गरी पाँचखण्डमा छुट्टाएर जरिवाना गर्दै आएकोमा ‘ङ’ खण्डमा रहेको १६ गल्तीमा लाग्दै आएको जरिवाना ५ सयबाट बढाएर १ हजार ५०० बनाइएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

अब यी गल्ती गरे १५०० सम्म जरिवाना लाग्ने

१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा ।

२. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा ।

३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेको ।

४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको ।

५. एकतर्फी सडकमा सो विपरित सवारी चलाएको ।

६. अवस्था ठीक नभएको सवारी चलाएको ।

७. राति बत्ति नबाली सवारी चलाएको ।

८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको ।

९. नम्बर प्लेट नराखी सवारी चलाएको ।

१०. पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको ।

११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।

१२. लापरवाहीका साथ सवारी चलाएको ।

१३. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको ।

१४. स.चा.अ.प., स.द.कि., स.इ.प.साथमा नराखी सवारी चलाएको ।

१५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको ।

१६. ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here