तालिबानलाई महंगो पर्दै महिलामाथिको प्रतिबन्ध, रोकियो विदेशी सहायता

एजेन्सी । अफगानिस्तानमा महिलालाई उच्च शिक्षा र गैरसरकारी संस्थामा काम गर्न रोक लगाइएको छ ।

तालिवान सरकारको यो निर्णयको संसारभर आलोचना समेत सुरु भएको छ । भने उक्त निर्णय महंगो गएको छ ।

तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर–सरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् । 

केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले ‘हाम्रा महिला कर्मचारी बिना’ आफ्नो काम जारी राख्न नसक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय उद्धार समितिले पनि सेवाहरू निलम्बन गरेको छ भने इस्लामिक रिलिफले आफ्नो अधिकांश काम रोकिरहेको बताएको छ।

तालिबानले महिलाहरूलाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि मात्रै गैरसरकारी संस्थाहरूमाथिको नयाँ आदेश आएको हो।

यसअघि तालिवानको अर्थमन्त्रालयका प्रवक्ता अब्देल रहमान हबीबले विदेशी सहायता समूहका महिला कर्मचारीहरूले हिजाब नलगाएर ड्रेस कोडको उल्लंघन गरेको आरोप लगाएका थिए ।
अफगानिस्तानको सत्तारुढ तालिबानले महिला अधिकारको निरन्तर दमन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here