मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

काठमाडौं । नेपालकै पहिलो मनकामना केबलकार अनिश्चितकालका लागि बन्द भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै केबलकारको प्यानलमा ठूलो क्षति पुगेकाले सेवा बन्द गरिएको जानकारी गराएको हो ।

कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने भएकाले मर्मत नहुन्जेलका लागि सेवा बन्द हुने कम्पनीले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले बताएको छ । ‘विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानल (Thyrestor panel) मा ठूलो क्षति पुग्न गएको कारण र निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहने जानकारी गराउदँछौँ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ, ‘यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी गर्दछौँ । यथासक्दो चाँडो सेवा सुचारु गर्नेछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here