दौरा सुरुवाल लगाएर लिए प्रचण्डले पद तथा गोपनीयताको शपथ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् । उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका हुन् ।

यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट९पेन्टमा शपथ ग्रहण गरेका थिए ।

यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए ।

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रचण्डलाई शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेका थिए, त्यसबेला प्रचण्ड केही बोलेका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here