सरकारको प्रवक्तामा गृहमन्त्री रवि लामिछाने नियुक्त

काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारको प्रवक्तामा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको सिंहदरवारस्थित कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रवक्ता नियुक्त गरेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here