कुमारी–एनसीसी मर्जर : नाम ‘कुमारी बैंक लिमिटेड’,आइतबारदेखि एकीकृत कारोवार

काठमाडौं । कुमारी र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले आगामी आइतबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो।

मर्जरका लागि अन्तिम स्वीकृति दिएपश्चात आगामी सातादेखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन । बैंकले शनिबार मोबाइल बैंकिङ सेवा अबरुद्ध हुने पनि जनाएको छ ।

यी दुई बैंकले गत असोजमा दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ः१ मा रहने सहमति गरेका थिए । दुवै गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड हुनेछ भने बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पूँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

राष्ट्र बैंकले पुसभित्र एकीकृत कारोबार गरिसक्ने बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलीयतको व्यवस्था गरेको छ । जसको कारण बैंकहरु पुसमसान्त भित्रै कारोबार गरिसक्ने प्रयास गरिरहेका छन् ।

यो संगै हाल वाणिज्य बैंकको संख्या २६ रहने भएको छ भने ८ वटा बैंकहरु अझै मर्जर प्रक्रियामै रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here