आयुष्मान, प्रियंका कार्की अभिनित हरर फिल्म ‘चि मुसी चि’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को पहिलो गीत सार्वजनिक भएको छ ।

गीतमा प्रियंका कार्की, आयुष्मान जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन् ।

सौरव श्रेष्ठ र विराज गौतमको शब्द रहेको गीतमा रोहित शाक्यले संगीत भरेका छन् भने संगीत संयोजन रोहित र विराजको रहेको छ।

एमी स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ।

यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन्। फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ।

सुशन प्रजापतिले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन्।