सिद्धार्थ बैंकसहित ५ कम्पनीको शेयरमा मूल्य समायोजन, कुनको कति घट्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरेको छ ।

नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरको बोनस शेयरमा मूल्य समायोजन भएको हो ।

मंगलवारको भाउलाई आधार मानेर बुधवार यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

लुम्बिनी विकास बैंकको पनि ३% बोनस शेयरमा मूल्य समायोजन भएको छ । यसको समायोजित भाउ प्रतिकित्ता ३३६ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

यता, राधी विद्युत कम्पनीको ४.७५% बोनस शेयरपछि समायोजित भाउ प्रतिकित्ता २११ रुपैयाँ ९३ पैसा र बिन्ध्यबासिनी हाइड्रोपावरको ५% बोनस शेयरपछि समायोजित भाउ प्रतिकित्ता ३६५ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

नेपाल एसबीआई बैंकको ३% बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता २८७ रुपैयाँ ७७ पैसा कायम भएको छ । यस्तै, सिद्धार्थ बैंकको १२.५०% बोनस शेयरपछि समायोजित भाउ प्रतिकित्ता ३०१ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here