आरआर क्याम्पसमा खुकुरी हानाहान

काठमाडौं । प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा अखिल निकट विद्यार्थीहरुबीच खुकुरी हानहान भएको छ ।

स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनबीच विवाद हुँदा तीन विद्यार्थीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाईते हुनुभएका अनेरास्ववियु आर. आर. का अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का, नेताहरु हर्क बोहोरा, रबि मगर , ईश्वर बिष्ट लगायत रहेका छन् ।

प्रहरीको अनुसार विद्यार्थीहरुबीच स्ववियु निर्वाचनबारे आन्तरिक छलफल हुँदै गर्दा विवाद बढेर खुकुरी प्रहारसम्म पुुगेको थियो । त्रिभुवन विश्वविद्यालयले विभिन्न विद्यार्थी संगठनहरु छलफल गरेर स्ववियु निर्वाचनको मितिको प्रस्ताव गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here