जयनगरबाट जनकपुरका लागि छुटेको रेलले किचेर धनुषामा एक जनाको मृत्यु

फाइलफोटो

काठमाडौं । जयनगरबाट जनकपुरका लागि छुटेको रेलले किचेर धनुषामा एक जनाको मृत्यु भएको छ।

बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका- २ राघोपुरका ३४ वर्षीय पुरण सदाको दुर्घटनामा मृत्यु भएको हो । रेलले किच्दा उनको घटनास्थलमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्टेसनबाट रेल प्रस्थान गरिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा सदा चिप्लिएर लिकमा लडेका थिए ।

लिकमा लडेका सदाको घाँटी काटिएको छ । सदाको शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी भइरहेको छ भने रेल जनकपुर आएर पुनः जयनगरतर्फ फर्किसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here