सम्झौता अनुसार काम नगर्ने २४ कम्पनी कालो सूचीमा, कुन-कुन परे ?

काठमाडौं, १३ पुस । सरकारले तोकिएको समयमा काम नगर्ने २४ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै एकैपटक २४ सप्लायर्स तथा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि तीनवर्षका सम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कार्यालयले सिल्क मार्केटर सिनोम्याक/एचआई सांघाई इन्टरनेश्नल ट्रेड कम्पनी/ग्लोबल म्याटिक्स ट्रेडिङ/विध म्यानेजमेन्ट जेभीलाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ । यी कम्पनीले चीनबाट रासायनिक मल ल्याउन ठेक्का लिएका थियो । यो जेभीलाई कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौंको सिफारिसमा कार्यालयले ३ वर्षसम्मको लागि कालोसूचीमा राखेको हो ।

यसैगरी, सत्यवती अर्डर एन्ड सप्लायर्स, शर्मिला कन्स्ट्रक्सन सेवा, श्रीराम निर्माण सेवा, सूर्योदया कन्स्ट्रक्सन १ वर्ष र हेक्जिङ इलेक्ट्रिकल कम्पनी चाइना २ वर्षका लागि कालोसूचीमा परेका छन् ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय मुस्ताङको सिफारिसमा सिम्लेश्वर विल्डर्स ३ वर्षको लागि कालोसूचीमा परेको छ । यस्तै, एशियन बोरिङ एन्ड कन्स्ट्रक्सन, दिव्याक्षा कन्स्ट्रक्सन एन्ड सप्लायर्स, ड्रियागन कन्स्ट्रक्सन, किसन कन्स्ट्रक्सन, जगदम्बा निर्माण सेवा, साइफ मेटल एन्ड कन्स्ट्रक्सन, मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्स, कोहिनुर ईम्पोरियम, मुस्कान सप्लायर्स, प्रवेश ट्रेडर्स, सच्चिदानन्द सप्लायर्स तथा कन्स्ट्रक्सन कम्पनी, ग्लोरिया फर्मासेटिकल्स कम्पनी १ वर्षका लागि कालोसूचीमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here