पुरानै लयमा फर्कियो शेयर बजार, दोहोरो अंकले नेप्से घट्दा कारोबारमा भारी गिरावट

काठमाडौं, १३ पुस । शेयर बजार दोहोरो अंकको घटेको छ । लामो समयदेखि ओरालो लागेको नेप्सेमा नयाँ सरकार बनेसँगै उछाल आएको बजार पुरानै लयमा फर्किएको छ ।

साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५७ कम्पनीको २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरकोबराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने ८ उपसमूहको घटेको छ । होटल उपसमूह सबैभन्दा धेरै २.१९ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

सेन्टर फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र धौलागिरी लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त र वीन नेपाल लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

दोहोरो अंकले घटेको बजारमा महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ८ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।

रिडी पावरको ८ करोड र माथिल्लो तामाकोशीको ७ करोड ८४ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here