नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने बाटो खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने बाटो खुलेको छ । बुधवार सर्वोच्च इजलाशले नयाँ स्टक एक्सचेञ्ज खोल्ने र स्टक ब्रोकर थप्ने प्रक्रिया रोक्न परेको रिट खारेज गरेको हो। 

न्यायाधीश हरिकृष्ण कार्की ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको पूर्ण इजलाशले सो रिट खारेज गरेको हो।

अधिवक्ता अमृत खरेलले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स विरुद्ध मुद्दा दायर गरेका थिए।  बोर्डले कात्तिक १५ गते एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको थियो ।

बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि ४५ दिन भित्र आवेदन पेस गर्न आह्वान गरेको थियो। बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि पनि सोही ३० दिने सूचना जारी गर्दै आवेदन मागेको थियो।

ब्रोकरका लागि पुरानो १ र नयाँ ४५ सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रकृया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here