उच्च अंकले बढ्यो नेप्से, ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १४ पुस । शेयर बजारमा उछाल आएको छ ।

साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५७ कम्पनीको २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक हरियो भएको छ । उच्च अंकले बढेको बजारमा तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज नेपाल बैंक डिभेञ्चर र एनएमबी फिफ्टीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको १२ करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ ।

नेपाल टेलिकमको १० करोड ९३ लाख र रिड पावरको १० करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here