भाटभटेनी सुपरमार्केटलाई साढे २ लाख जरिवाना

फाइलफोटो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक सीडीओ हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले भाटभटेनी सुपर मार्केटमा छडके अनुगमनमा गर्दा उपभोक्ता ठगेको पाइएपछि सो जरिवाना गरिएको हो ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु विक्रीवितरणमा रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here