पुस २२ गतेदेखि सालीनदीमा स्वस्थानी मेला, ३५ लाख धार्मिक पर्यटकहरु आउने अनुमान

काठमाडौं । काठमाडौं साँंखुमा लाग्ने एकमहिने स्वस्थानी व्रत कथा तथा सालीनदी मेला पुस २२ गतेदेखि माघ २२ गतेसम्म मेला लाग्दैछ ।

माधव नारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले शुक्रबार साँंखुमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ ।

एक महिने मेलामा ३० देखि ३५ लाख धार्मिक पर्यटकहरु आउने आयोजकले अनुमान गरेको छ । मेलाको सुरक्षको लागि सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ ।

व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गरिएको छ ।

भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा सालीनदी यातायात प्रालि, बाबागोकर्णेश्वर प्रालिद्वारा सञ्चालित बसहरु जस्तोसुकै अवस्थामासमेत सेवा दिन तयार रहेको र अपुग भएको खण्डमा थप बसहरु व्यवस्था गरिने समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here